ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्याउ आयात घट्यो, व्यापारी भन्छन् बिक्नै छाड्यो 

२०७९ चैत, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालले चालू आवको ८ महिनामा चार अर्ब ४५ करोड ८५ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । उक्त मूल्यको ५ करोड ७१ लाख २६ हजार ५ किलो ग्राम स्याउ आयात गरेको भन्सार विभागले जनाएको छ ।
सो बाट नेपाल सरकारले ४९ करोड ४८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 
गत वर्षको सोही अवधिमा नेपालले सात अर्ब १५ करोड ८८ लाख रुपैयाँ बराबरको ६ करोड ३६ लाख १८ हजार ४८५ किलोग्राम स्याउ आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष भने स्याउ आयातको रकम र परिमाण दुबै घटेको छ । गत वर्षको उक्त अवधिको तुलामा यो वर्ष स्याउको आयातको रकम ३७ प्रतिशतले र परिमाण १० प्रतिशतले घटेको छ । कुलेश्वर फलफूल बजारका व्यवसायी अमर बानियाँले यो वर्ष स्याउको व्यापार कम भएको बताएँछन् । पहिला पहिला साइकलबाट घर घरै पुग्ने गरेको थियो र व्यापार पनि त्यस्तै थियो साधारण मान्छेले पनि स्याउ खान सक्थे, साइकलको तुलनामा पसलमा पाइने स्याउ ५० प्रतिशत महँगो हुन्छ, तर यो वर्ष साइकलमा व्यापार छैन उनले भने । साइकलमा बेच्नेले पनि अहीले पसल राख्न थालेका छन् । पसल राख्दा सामान्य स्याउ भन्दा पनि गुणष्तरीय स्याउ राख्नु पर्छ भन्ने हुन्छ । त्यसले गर्दा पनि यसको अहिले माग छैन् । उनले गत वर्षको यो बेलामा भन्दा अहिले स्याउको मार्केट ४० प्रतिशतले खस्केको बताए । उनले समग्र फलफूलकै व्यापार घटेको बताए ।
साथै अहिले सामान्य स्याउ जुन १०० देखि ११० प्रतिकेजी होलसेलमा पर्थियो आजको दिनमा त्यही स्याउ १६० रुपैयाँ होलसेलमा छ । मूल्य बढी भएकाले पनि खपत मा कमी आउनुको कारण भएको हो । साथै फुजी स्याउ २०० देखि २५० रुपैयाँ होलसेलमा छ । अहिले स्याउ विक्री नभएर स्टोर भरिएको छ उनले भने ।
कालिमाटी स्थित खुद्रा पसलका व्यापारी कमल बस्नेत पनि अहीले स्याउको व्यापार नभएको बताउँछन् । गत वर्ष दैनिक २० देखि ३० किलोग्राम स्याउ विक्रि गर्थिए तर अहिले भने दैनिक १० केजि स्याउ विक्री हुन पनि मुस्किल भएको उन बताउँछन् । अहिले खुदारमा सामान्य स्याउ १५० देखि १८० र फुजी स्याउ २५० देखि ३०० सम्म पर्ने उनले बताए । 

गत वर्षहरूको तुलनामा यो वर्ष आन्तरिक स्याउ बढी आएको बताउँछन् । उनले भने पहिला पहिला सिजनमा पनि भारत र चीन कै स्याउ ले बजार  भरिन्थ्यो तर अहिले नेपाली उत्पादन पनि छ । उनले स्याउको मात्र नभएर अन्य फलफूलको पनि आयात घटेको बताए । 
नेपालले भारत,चीन र अमेरिका बाट स्याउ आयात गर्ने गरेको छ । यो अवधिमा सबै भन्दा धेरै स्याउ चीन बाट २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरको २ करोड ७७ लाख ३०१ किलोग्राम र भारतबाट १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बराबरको २ करोड ९३ लाख ७० हजार १२४ किलोग्राम स्याउ आयात गरेको छ । यस्तै स्विट्जरल्याण्डबाट २७ लाख रुपैयाँ बराबरको ३५ हजार किलोग्राम र संयुक्त राज्यबाट ५० लाख ३४ हजार रुपैयाँ बराबरको २० हजार ५८० किलोग्राम  स्याउ आयात गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)