ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर/गाडी मात्रै होइन अब आँप पनि किस्ताबन्दीमा ! 'आँप पनि किन ईएमआईमा बेच्दैछन् व्यवसायी ?'

२०७९ चैत, २७  
र यो पनि उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । घर वा गाडी किन्न ईएमआई तिरेको कुरा त तपाईं हामीले सुनेका छौं । कतिपयले त तिरी पनि रहनु भएको होला । तर आँप पनि Equated Monthly Instalments or EMIs मा किन्न पाइने कुरा तपाईंलाई थाहा छ ? सुन्दा पनि कस्तो अचम्म है । 

भारतमा एक जना व्यापारीले मासिक किस्ताबन्दीमा आँप बेचिरहेका छन् । पूणे शहरका गौरव सनास नाम गरेका एक जना व्यापारीले alphonso जातको आँपलाई ईएमआईमा बेच्न शुरु गरेका छन् । यो जातको आँपलाई उत्कृष्ट श्रेणीको आँप मानिन्छ । यसलाई केहीले आँपको राजा नै भन्छन् । 

आँप महँगो बनेर उपभोक्ताहरुले किन्न नसक्ने बनेको देखेर आफूलाई ईएमआईमा बेच्ने विचार आएको ती व्यापारीले बताएका छन् । भारतको सरकारी समाचार संस्था Press Trust of India (PTI) मा छापिएका समाचारका अनुसार खुद्रा बजारमा यो आँपको मूल्य प्रतिदर्जन ८०० देखि १ हजार ३०० भारु रहेको छ । 

सर्वसाधारणहरुले सहजै आँप खान सकुन् भनेर आफूले सो योजना ल्याएको व्यापारी गौरव सनासले भनेका छन् । ‘सवारी साधन, रेफ्रिजरेटर, एयर कन्डिसनरलगायत वस्तुहरु किस्ताबन्दीमा खरीद गर्न मिल्छ भने आँप किन मिल्दैन ?’ व्यापारीको तर्क छ । सिजनको शुरुमा प्रायः आँप निकै महँगो हुन्छन् । यसमा आँप किन्ने प्रक्रिया किस्ताबन्दीमा मोबाइल फोन किने जस्तै छ । ग्राहकहले ३, ६ वा १२ महीनासम्मको किस्तामा आाप किन्न सक्नेछन् ।

तर यो योजनामा सहभागी हुनेले कम्तिमा पनि ५ हजार भारु बराबरको आँप किन्नु पर्नेछ  । अर्थात् ५ हजारभन्दा कम मूल्यको आँप किन्नेले यो योजनामा सहभागी हुने पाउने छैनन् । अहिलेसम्म ४ जनाले ईएमआईमा आँप किनेको व्यापारी सनासले बताएका छन् । ग्राहकहरुले यो योजनालाई अचम्मसँग हेरेका छन् ।

केहीलाई भने रमाइलो लागेको छ । केहीले यसलाई नयाँ अवधारणा भनेका छन् ।  एक जना ग्राहकले यसलाई राम्रो अनि सुविधा मन परेको भनेका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)