ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीगत बजेट : ३ महीनामा २७७ अर्ब खर्च गर्नुपर्ने अवस्था

२०७९ चैत, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्षको ९ महीना सकिन लाग्दा सरकारको पूँजीगत बजेट खर्च (Capital Expenditure) को अवस्था निराशाजनक छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत २८ सम्ममा पूँजीगत बजेट १ खर्ब २ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । 

चालू आर्थिक वर्ष (आव) २०७९/८० को पूँजीगत बजेट ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ हो । अहिलेसम्म करीब २७ प्रतिशत बजेट खर्च भएको छ । पहिलो र दोस्रो चौमासमा पूँजीगत बजेटको प्रगति एकदमै न्यून थियो । तेस्रो चौमासबाट खर्चले गति लिए पनि बाँकी तीन महीनामा २ खर्ब ७७ अर्ब बजेट खर्च गर्नुपर्ने बाध्यता छ । 

चालू आवमा भएको पूँजीगत बजेट खर्च गत आवको तुलनामा भने थोरै बढी हो । पोहोर चैत २८ सम्ममा सरकारले पूँजीगत बजेट ९८ अर्ब ३ करोड रुपैयाँ खर्च गरेको थियो । त्यस वर्ष सरकार (Government) ले पूँजीगत शीर्षकमा ३ खर्ब ७८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । 

यसपालि सबै शीर्षकमा गरी सरकारले चैत २८ सम्ममा ८ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ४९ दशमलव २६ प्रतिशत हो । 

यस आवलाई सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । यसमा चालू खर्चको अंश बढी छ । गत साउनयता सरकारले ६ खर्ब ९२ अर्ब रुपैयाँ चालू बजेट खर्च गरेको छ । चालू आवको चालू खर्चका लागि ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ हालसम्ममा ८९ अर्ब रुपैयाँ खर्च भएको छ । वित्तीय व्यवस्थामा यो वर्ष २ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य छ । ९ महीनासम्म सरकारले विकास बजेट खर्च गरेको तरिका हेर्दा बाँकी रकम आगामी दिनमा खर्च हुने सम्भावना देखिँदैन । 

अर्थमन्त्री (Finance Ministry) डा. प्रकाशशरण महतले भने कार्ययोजना नै बनाएर पूँजीगत खर्च बढाउने बताएका छन् । उनका अनुसार अल्पकालमा पूँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा नगर्ने समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित छ ।

‘अल्पकालमा सरकारको ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ । साधारणतर्फको अनावश्यक खर्च निर्ममतापूर्वक घटाउँछौं,’ उनले भने । साधारण खर्चलाई हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति बसाली राज्यको सेवा प्रवाह प्रभावकारी बनाइने उनको भनाइ छ । 

अर्थशास्त्री केशव आचार्य अझै ठूलो पूँजीगत बजेट खर्च गर्न बाँकी रहेकोले शतप्रतिशत खर्च हुन नसक्ने बताउँछन् । सरकारको ध्यान विकास बजेट खर्च गर्नमै नरहेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)