ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगका समस्या लिएर संघीय मन्त्रालयमा वीरगञ्जका उद्यमी,  कोरिडोर घोषणादेखि नदी  प्रदूषण नियन्त्रणसम्म एजेन्डा 

२०८० बैशाख, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज  । बारा–पर्साका उद्योगी व्यापारीले वीरगञ्ज–पथलैया कोरिडोरलाई ‘औद्योगिक कोरिडोर’ घोषणा गर्न माग गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले आइतवार संघीय राजधानी काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर यस्तो माग गरेका हुन् । 

बारा–पर्सा क्षेत्रका औद्योगिक र व्यापारिक समस्या र तिनको समाधानको सुझाव बोकेर उद्यमीहरू त्यहाँ पुगेका हुन् । कोरिडोर घोषणा नहुँदा उद्योग प्रतिष्ठानहरू सरकारले दिने सेवा सुविधाबाट वञ्चित भएकाले तत्काल मापदण्ड पुर्‍याएर कोरिडोर घोषणा गर्न माग गरिएको संघका अध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिए । 

उद्योगमन्त्री रिजालले सरकार सबैभन्दा ठूलो बारा–पर्सा  Corridor लाई मापदण्डसहितको औद्योगिक कोरिडोर बनाउन तत्पर रहेको र त्यसका लागि द्रुतमार्गबाट प्रक्रिया अघि बढाउने आश्वासन दिएको अध्यक्ष अग्रवालले बताए । मन्त्रालय र सम्बद्ध विभागीय प्रमुखसहितको छलफलमा कोरिडोर बनाउन आवश्यक प्रक्रियाबारे पनि छलफल भएको थियो । 

यस क्षेत्रमा सबैभन्दा पहिलो Dry port र एकीकृत जाँच चौकीजस्ता भौतिक पूर्वाधार भएर पनि औद्योगिक कोरिडोर घोषणा नहुँदा लगानी भित्रिन नसकेको अध्यक्ष अग्रवालले दाबी गरेका थिए । उद्योगसँग सम्पत्ति कर लिन नपाइने भए पनि स्थानीय सरकारहरूले जबरजस्ती लिइरहेको उद्यमीहरूले मन्त्रीसमक्ष गुनासो गरे । 

विगत ४ दशकदेखि कोरिडोरका उद्योग र स्थानीयको विवादको कारण बनेको सिर्सिया River pollution नियन्त्रणका लागि पनि सहकार्य गरिने भएको छ । सिर्सिया प्रदूषण नियन्त्रणको नाममा उद्योगलाई कारबाहीमात्र भएको गुनासो संघका पदाधिकारीले गरेका थिए । उनीहरूले कोरिडोरका उद्योगबाट निस्किने फोहोर पानी व्यवस्थापनमा पनि सरकारको ध्यानाकर्षण गराए । 

औद्योगिक नाला, Water treatment plant र Dumping site को माग उद्यमीले राखेका छन् । कोरिडोर भएर बग्ने सिर्सिया नदी प्रदूषण नियन्त्रण अभियानलाई पनि यही प्याकेजमा अघि बढाउनुपर्ने सुझाव दिइएको संघका उपाध्यक्ष माधव राजपालले बताए । 

सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि स्थानीय सरकार र निजीक्षेत्रबीच सहकार्य गरिने र त्यसका लागि विस्तृत अध्ययन प्रक्रिया अघि बढाउन उद्योग मन्त्रालयले सहजीकरण गर्ने भएको छ । 

बाराको सिमरामा निर्माण गरेको विशेष आर्थिक क्षेत्र (सेज) अपेक्षाकृत सञ्चालन हुन नसकेकाले सेजमा जग्गाको भाडादर न्यून गर्नुपर्ने, निर्यातको बाध्यकारी व्यवस्था हटाउनुपर्ने र उद्योगका लागि प्रक्रिया एकद्वार प्रणालीबाट हुनुपर्ने माग संघले अघि सारेको छ । बारा पर्सा क्षेमा नयाँ उद्योगका लागि थप जग्गा व्यवस्थापनको माग पनि उनीहरूले गरेका छन् । 
भारतबाट आयात हुने सिमेन्टको कच्चा पदार्थ प्mलाई एसमा अहिले लिँदै आएको प्रतिटन हजार रुपैयाँ भन्सार महशुललाई सय रुपैयाँमा झार्नुपर्ने माग उद्यमीले गरेका छन् ।

भारतमा पीसीसी सिमेन्टमा ३५ प्रतिशतसम्म फ्लाइ एस मिसाउने गरिएकोमा नेपालमा यो ३० प्रतिशतमात्र मिसाउन पाउने व्यवस्थामा सुधारको खाँचो पनि उनीहरूले औंल्याए ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री Nrayankaji shrestha सँगको भेटमा उद्योगीले उद्योग प्रतिष्ठानमा सुरक्षा व्यवस्थाका लागि विगतमा सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल रहेकोमा त्यो हटाइएको प्रति असन्तुष्टि व्यक्त गरे ।

‘औद्योगिक सुरक्षा बलको खारेजीसँगै सुरक्षासँग सम्बद्ध समस्या बढेका छन् । स्थानीय प्रशासनले जिल्लाको समग्र प्रशासन सञ्चालन गर्नुपर्ने भएकाले औद्योगिक सुरक्षा ती निकायको प्राथमिकतामा पर्दैन । औद्योगिक सुरक्षा बल पुनः स्थापना हुन जरुरी छ,’ संघको टोलीमा सहभागी वरिष्ठ उपाध्यक्ष हरि गौतमले भने ।

मन्त्री श्रेष्ठले उद्योग र उद्यमीको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै प्रत्याभूतिको आवश्यक व्यवस्था मिलाइने बताएको संघका पदाधिकारीहरूले जानकारी दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा उद्यमीले कोरिडोरमा नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे ।

 NEA ले विनासूचना दैनिक ८/९ घण्टा विद्युत् काट्ने गरेको र यसबाट उद्योगको उत्पादन प्रभावित भएको उद्यमीहरूले गुनासो गरेका थिए । उद्योगमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन उनीहरूले माग गरेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)