ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौंमा चरा उडाएर बुद्ध जयन्ती मनाइँदै, चरा विक्रीमा रोक लगाइए पनि रोकिएन व्यापार

२०८० बैशाख, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा /आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । 'संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ' भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धको जयन्ती आज विश्वभर मनाइँदैछ ।  वैशाख शुक्ल पूर्णिमाका दिन आज यो जयन्ती मनाइने गरिएकाे छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रतिको श्रद्धा र भक्तिभावले यो जयन्ती मनाउने गर्छन् । 

अहिंसा र शान्तिका मानक मानिएका बुद्धका अनुयायीहरूले काठमाडौंमा विभिन्न चरा उडाएर तथा विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदै छन् । काठमाडौं महानगरले प्रकृतिमा स्वतन्त्र विचरण गर्ने चराचुरूङ्गीलाई विक्रीवितरण गर्न नपाउने भन्दै प्रतिबन्ध लगाए पनि अधिकांश स्थानमा विभिन्न चराचुरूङ्गीको व्यापार भइरहेको छ । यस्ता चरा प्रतिगोटा २०० रुपैयाँदेखि विक्री भइरहेको स्थानीयले बताएका छन् । 

नेपालमा २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा दिइएको थियो । त्यसपछि २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्व शान्तिका अग्रदूत मानिएका गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसंघीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिन थालिएको हो । 

बुद्ध र बुद्ध धर्म नेपाल र नेपालीको विश्वमा छुट्टै पहिचान मात्रै दिएको छैन यसले भाइचारा र बन्धुत्वको भावनासमेत जोडेको छ । 

विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड विश्वविद्यालय लगायतमा बौद्ध दर्शन अध्ययन-अध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए)को अध्ययन-अध्यापन गर्दै आएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रस्तावित सिद्धार्थ विश्वविद्यालयले पनि बौद्ध दर्शनको अनुसन्धान र चर्चा परिचर्चा गर्ने गरेका छन् । 

विकिपिडियाका अनुसार बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए । र, ती 'विनय', 'सुत्त' र 'अभिधम्म' पिटक आदि पुस्तकमा सङ्ग्रहीत छन् । सम्राट अशोकले ई.पू. २४९ मा 'हित बुद्ध जातेती लुम्बिनी ग्रामे' भनी ब्राहृमी लिपिमा नेपाली भाषामा लेखेको अशोक स्तम्भ छ । 

तत्कालीन पश्चिम क्षेत्र कमान्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखेपछि पुरातत्त्व विशेषज्ञ डा. फुररको सहयोगमा स्तम्भ उत्खनन् गरिएको थियो ।

सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको गुरुयोजना आरम्भ भएको थियो ।

 

सबै फोटो : सुनिल शर्मा /आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)