ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाटन नगरपालिकाले गर्‍यो शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

२०८० बैशाख, २३  
समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैतडी । पाटन नगरपालिकाले जिल्लामै पहिलो पटक शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए ।

नौ शहीद परिवार र ६ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिदएको हो । स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो । १५ परिवारको रू. ३ हजार ५०० का दरले स्वास्थ्य बीमाबापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए ।

पाँच जनासम्म सदस्य संख्या रहेको परिवारको रू. ३ हजार ५०० मा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । सोबापत बीमित परिवारले रू. १ लाखसम्मको उपचार सुविधा पाउँछन् । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्छन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बीमा पनि गरिदिएको छ ।

यसअघि सो नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो । जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो । प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रू. ५ हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।

यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालू आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)