ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब बचतमा

२०८० बैशाख, २७  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो । 

समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा थियो । 

यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको छ । पूँजीगत ट्रान्सफर अघिल्लो आवको वर्षको सोही अवधिको तुलनामा चालू आवमा २४ प्रतिशतले घटेको हो । 

समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)