ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रादेशिक जीडीपी वृद्धिदर खुम्चियो, सातै प्रदेशको वृद्धिदर निकै कम हुने अनुमान

२०८० जेठ, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० मा प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादन (GDP) मा ठूलो संकुचन आउने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको अनुमानअनुसार सातै प्रदेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा निकै कम हुनेछ । 

आव २०७९/८० मा राष्ट्रिय जीडीपी उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबर हुने अनुमान छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशको हुनेछ । बागमती प्रदेशको जीडीपी १९ खर्ब ८१ अर्ब हुने अनुमान छ । सबैभन्दा कम कर्णाली प्रदेशको हुनेछ । यो प्रदेशको जीडीपी २ खर्ब २१ अर्ब हाराहारी हुने अनुमान छ । 

चालू आवको राष्ट्रिय जीडीपी वृद्धिदर उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत हुने अनुमान छ । प्रदेशमा गण्डकीको सबैभन्दा बढी ३ दशमलव ३ र बागमतीको सबैभन्दा कम १ दशमलव ४ प्रतिशत रहने अनुमान छ । संशोधित अनुमान अनुसार गत २०७८/७९ मा गण्डकी प्रदेशको वृद्धिदर सबैभन्दा बढी (६ दशमलव ३५ प्रतिशत) र मधेशको सबैभन्दा कम (४ दशमलव ६५ प्रतिशत) हुनेछ । 

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापका आधारमा बागमतीबाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी हुनेछ । बागमतीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान बढी हुनेछ । कोशी, मधेश र लुम्बिनीमा थोक तथा खुद्रा व्यापारको योगदान दोस्रो नम्बरमा छ । बागमतीमा घरजग्गा कारोबार तथा आफ्नै आवास सेवाको योगदान दोस्रोमा छ । गण्डकी, कर्णाली र सुदूरपश्चिममा सार्वजनिक प्रशासन र रक्षाक्षेत्रको योगदान दोस्रो छ । बागमती र मधेशबाहेक सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा कम देखिन्छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)