ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे २ लाख पर्यटकले घुमे चितवन निकुञ्ज, पर्यटनबाट १९ सहित २४ करोड राजस्व संकलन

२०८० जेठ, १०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चालु आर्थिक बर्ष ०७९, ८०  मा चितवन राष्ट्रिय निकुञ्जमा २ लाख ६३ हजार बढी पर्यटक भित्रिएका छन । चालू आवको साउनदेखि वैशाखसम्म निकुञ्जमा स्वदेशी र विदेशी गरी २ लाख ६३ हजार ८०६ जना पर्यटक भित्रिएका हुन् । 

सबै भन्दा बढी पर्यटक कात्तिकमा
निकुञ्जको तथ्यांक अनुसार  चालू आवको कार्तिक महीनामा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् भने सबै भन्दा कम भदौमा भ्रमण गरेका छन । जसअनुसार कात्तिकमा ४२ हजार ६४१ जनाले भ्रमण गरेका थिए भने भदौमा ८ हजार ८८० जनाले निकुञ्जको भ्रमण गरेका थिए । 

यस्तै साउन महीनामा ९ हजार ६९१, असोजमा २६ हजार १६ जना, मंसिर महीनामा २२ हजार ८ जना र  पुष महीनामा ३१ हजार ९५३ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यसैगरी माघ महीनामा २३ हजार ६४७, फागुन महीनामा २९ हजार १९६ , चैत्र महीनामा ३४ हजार ४८९ जना र बैशाख महीनामा ३७ हजार २८५ जनाले भ्रमण गरेको निकुञ्जले जानकारी दिएको छ । 

पर्यटकले निकुञ्ज प्रवेश शुल्क, जीपसफारी लगायतका गतिविधि गरेवापत शुल्क बुझाउनु पर्ने हुन्छ । निकुञ्जमा नेपाली प्रति पर्यटक शुल्क १५० रुपैंया, सार्क देशका पर्यटकका लागि प्रतिव्यक्ति १ हजार रुपैंया र अन्य देशका पर्यटकका लागि प्रति व्यक्ति २ हजार रुपैंया प्रवेश शुल्क तोकिएको छ । 

१९ करोड ३९ लाख राजस्व संकलन 
चालू आवको १० महीनाको अवधिमा पर्यापर्यटनबाट निकुञ्जले १९ करोड ३९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार साउनदेखि वैशाख महीनाको अवधिमा १९ करोड ३९ लाख ३२ हजार २५० रुपैंया राजस्व संकलन गरेको छ । कार्यालयले पर्यटकको निकुञ्ज प्रवेश शुल्क र जीपसफारी लगायतको शुल्कबाट आम्दानी गर्ने गरेको हो  ।  

सो अवधिमा सबैभन्दा बढी बैशाख महीनामा २ करोड ५२ लाख ७९ हजार ७०० रुपैंया र सबैभन्दा कम साउनमा ४८ लाख ७ हजार तीनसय रुपैंया राजस्व संकलन गरेको छ ।

यसैगरी निकुञ्जले भदौ महीनामा ५१ लाख ३ हजार ३००,असोज महीनामा १ करोड ३६ लाख ४८ हजार ५००, मंसिरमा १ करोड ४२ लाख ७३ हजार २५० र पुष महीनामा १ करोड ४५ लाख ५८ हजार २०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै निकुञ्जले माघ महीनामा ९१ लाख २ हजार २५० रुपैंया, फागुनमा १ करोड ६१ लाख ४५ हजार २५० , चैत्र महीनामा २ करोड ४१ लाख १८ हजार ५५० रुपैयाँ र संकलन गरेको जानकारी दिएको छ । निकुञ्जले सो अवधिमा जीपसफारीबाट मात्रै ४ करोड १८ लाख ९ हजार ५०० रुपैंया राजस्व संकलन गरेको छ । 

कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले पर्यापर्यटनबाट मात्रै निकुञ्जले उक्त राजस्व संकलन गरेको जानकारी दिए । ‘यो पर्यापर्यटनबाट मात्रै आम्दानी भएको राजस्व हो । निकुञ्जले अन्य स्रोतबाट पनि आम्दानी गर्छ,  उनले भने, विशेषगरी वर्षायाममा कम पर्यटक र जीप सवारी पनि बन्द हुन्छ र  राजस्व पनि कम उठ्छ, सिजनमा पर्यटक पनि बढ्छन र राजस्व पनि बढ्छ ।’ 

निकुञ्जले अन्य शीर्षकबाट पनि आम्दानी गर्दै आएको छ । जस अनुसार १० महीनाको अवधिमा निकुञ्जले काठ ,दाउरा विक्री बापत ७ लाख १८ हजार ४०२ रुपैंया, गैह्र काष्ठ वन पैदावर विक्रीबाट ४ करोड ७९ लाख ७१ हजार २६९ रुपैंया, दण्ड जरीवाना वापत ८ लाख २२ हजार ३९ रुपैंया अन्य शीर्षकबाट १५ लाख २९ हजार रुपैंया राजस्व संकलन भएको छ । यी सबै शीर्षक गरी निकुञ्जले चालू आवको १० महीनामा जम्मा २४ करोड ४९ लाख ४६ हजार ८६० रुपैंया राजस्व संकलन गरेको तिवारीले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)