ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

२०८० जेठ, १९  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पूरा गरेको बैंकले बिहीवार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो ।
‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रवाहका लागि सात प्रदेशमा उक्त संख्यामा नयाँ शाखा सञ्चालन गरिएको बैंकले बताएको छ । ३८ नयाँ शाखामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी १३ ओटा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई नयाँ शाखा उद्घाटन गरिएको हो ।
नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठओटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठओटा शाखा उद्घाटन गरेको बताइएको छ । त्यस्तैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले आठओटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ ओटा शाखाको उद्घाटन गरेका हुन् ।
डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका कुल शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकका नयाँ शाखाले ग्राहकलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)