ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोटे समुदायको होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण

२०८० जेठ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । माडी नगरपालिका वडा नम्बर १ स्थित बोटे सामुदायिक होमस्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । सहुलियत दरमा अर्गानिक स्वादको साथै बस्न समेत पाउने भएपछि पर्यटकहरु आकर्षित भएका हुन् । 

२०७७ सालमा १२ घरधुरीले शुरू गरेको बोटे होमस्टेमा बोटे जातिको संस्कृतिलाई पनि संरक्षण गर्ने योजनाका साथ होमस्टे सञ्चालन गरिएको थियो । माछामा नै आश्रित रहेर जीविकोपार्जन गर्ने उक्त समुदायको जीवनस्त बृद्धि गर्ने उद्धेश्यसहित होमस्टे सञ्चालनमा ल्याईएको होमस्टेका अध्यक्ष सन्तोषप्रसाद बोटेले बताए ।

पर्यटकहरुलाई लोभ्याउन उनीहरुले शुरूमा माछाको चोखा र छ्याङ दिएर स्वागत गर्छन् । पछिल्लो समय आन्तरिक पर्यटकको साथै बाह्य पर्यटक समेत रमाउने गरेका छन । 

पर्यटकलाई होमस्टेबाट ५०० मिटर पर रहेको गोद्धकनाथ मन्दिर, १ किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, ४ किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण पनि गराउंँदै आएको  होमस्टे सञ्चालक कन्ना बोटे बताउँछन् ।

शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदीकिनारमा आएका जंगली जनावर पनि देख्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको हो । 

होमेस्टेमा आउने पाहुनालाई मौलिक खाना, मौलिक सांस्कृतिक कार्यक्रम देखाउन यहाँका महिलाहरु व्यस्त देखिन्छन् । होमस्टे सञ्चालनमा आएसँगै स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेको बन्ने होमस्टे नम्बर १० का सञ्चालक सुकबहादुर बोटे बताउँछन् ।

होमस्टेमा एक रात बसेको प्रतिव्यक्ति ६०० रूपैयाँ र मासुसहितको खानाको ३०० रूपैयाँ कायम गरिएको छ  पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादनहरु साग, निगुरोको तरकारी, माछाको अचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकारहरु खुवाउने गरेको होमस्टेका अर्का सञ्चालिका फुलमायाले बताईन  ।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरूवा गेटबाट १५०० मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक होमस्टे पुगिन्छ । होमस्टे बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भू–परिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेका छन् । १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुई कोठाको होमस्टे बनाइएको छ । यस क्षेत्रमा १२ वटा होमस्टे छन्, जहाँ एक रातमा ६० जनासम्म अटाउने क्षमता छ।

होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम गरिन्छ । यहांँ सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारूनी लगायतका कला र नाचहरु प्रदर्शन गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)