ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्र बैंकलाई ब्लकचेनबारे जानकारी दिन स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्यक्रम

२०८० जेठ, २३  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (एससीबीएनएल)ले नेपाल राष्ट्र बैंकलाई ब्लकचेनबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको छ ।

शुक्रवार डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको साझेदारीमा एससीबीएनएलले सो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डीएलटी)को प्रयोगका साथै वर्तमान प्रणालीमा देखिने समस्या हटाई ट्रेड फाइनान्समा यसले पुर्‍याउन सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।

डीएलटीले विश्वको व्यापारलाई उच्च संगठित सञ्जालमा रूपान्तरित गरिरहेको छ । यसले व्यापार वित्तको कार्यकुशलता सुधारमा टेवा मिलिरहेको छ भने लागत घटाउन सहयोग पुगेको छ । यो कार्यक्रम फलदायी सावित हुने विश्वास लिइएको छ ।

यस्तो खालको कार्यक्रमले नेपालमा डीएलटीको सम्भावित लाभ विचार गर्न मद्दत गर्नुका साथै व्यापार प्रवाह सुधारमा योगदान दिने अपेक्षा गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)