ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तेस्रो कोल्ड चेन एसिया प्रदर्शनी सम्पन्न 

२०८० जेठ, २७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । ओलम्पिया एक्जिबिशन  प्रा. लि. र सेन्थेसिस एक्जिभेसन एण्ड इभेन्टको संयुक्त आयोजनामा भृकुटीमण्डपमा तेस्रो कोल्ड चेन एसिया प्रदर्शनी सम्पन्न भएको छ ।  शुक्रबारदेखि शरु भएको प्रदर्शनीको कृषि  विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मा (कृषि बवकास) र डा. दिपक कुमार खराल (पशुपन्छी विकास)ले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका थिए । प्रदशनिस्थलमा ४० वटा स्टल थिए  ।

 प्रदर्शनी स्थलमा वएरहाउजिङ, मेटरिएल ह्याण्डलिङ, अटोमेसन लगाएतका उपकरणहरु राखिएका थिए ।  यसमा भारत तथा नेपाली कम्पनीहरुको सहभागिता रहेको थियो । यो नेपाली व्यावसायका निमित्त अति आवस्यक रहेको आयोजकहरुले बताए । कृषि बजार, दुग्ध उत्पादन, खाद्यान्न , माछा मासु, हरिया तरकारी लामो समयसम्मको लागि चिस्यान गरि भण्डारण गर्न सकिने उपकरहरु मेलाका प्रमुख आकर्षण थिए ।

नेपाली व्यावसायिहरुको व्यापारलाई प्रवर्द्धन गर्ने उधेस्यले यस मेलाको आयोजना गरिएको  भारतिय आयोजक प्रमुख एस के त्रिपाठिले बताए । नेपाली व्यवसायलाई बढवा दिने उधेस्यले संचालन गरिएको  प्रदर्शनीमा गान्धी अटोमेसन, केन्स टेक्नोलोजी, मनकामना एग्रो, लुङ्गी इन्ड्रटिज, रुचि फुडलाईन, कृलोस्कर , सौरभ एभरेस्ट लगाएतको कम्पनिहरुको उत्पादन राखिएको थियो । ३ दिनसम्म चलेको प्रदर्शनीमा शनिबार सहभागीहरुको घुँइचो थियो । आईतवार अन्तिम दिन पनि प्रदर्शनी स्थलमा मानिसको भिड भएको नेपाली आयोजक राकेश महत्तोले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)