ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जका ढुवानी व्यावसायीले व्यवसाय बन्द गरेर  सिडिओलाई साँचो बुझाउने

२०८० असार, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्जका ढुवानी व्यावसायीले मंगलबारदेखि आआफ्नो व्यावसाय बन्द गर्ने भएका छन् । प्रहरीले अनुसन्धानका नाममा दुःख दिने नियतले काम गरेको भन्दै व्यावसायीले यस्तो कदम चालेका हुन् । 

ढुवानी व्यवसायी संघ वीरगञ्जले यसअघि यसबारेमा स्थानीय प्रशासनको ध्यानाकर्षण गराएकोमा सुनुवाई नभएपछि व्यवसाय नै बन्द गर्न बाध्य भएको अध्यक्ष बालकृष्ण पोखरेलले बताए । 

भन्सारबाट सबै प्रक्रिया पु¥याएर निस्किएको गाडी भन्सार गेटबाटै समातेर अनुसन्धानको नाममा प्रहरीले राजस्व अनुसन्धान कार्यालयमा पठाउने गरेको व्यावसायीको गुनासो छ । प्रहरीले भने राजस्व चुहावट नियन्त्रणका लागि अनुसन्धानका निकायमा पठाउने गरिएको बताउँदै आएको छ । 

‘प्रहरीले सुराकीको नाममा भन्सार गेट र बाटोमा समातेका गाडी राजस्व अनुसन्धानले कार्यालय पथलैयाले कम्तीमा १५ दिन रोकेर राख्दछ । अन्तिममा केही पनि कैफियत भेटिँदैन भने प्रहरीले आफ्नो सुराकीको विश्वसनीयता जाँच गर्नु पर्छ कि पर्दैन ?’ अध्यक्ष पोखरेलले भने, ‘राजस्व चुहावटको अनुसन्धान हुनु हुँदैन भन्ने होइन । तर, ढुवानी व्यावसायीलाई अनावश्यक रुपमा दुःख दिने काम गर्नु भएन ।’ 

भन्सारबाट सबै प्रक्रिया पु¥याएर निस्किएको गाडीलाई बाटोबाटै समातेर उद्योगी व्यापारीलाई आतंकित पार्ने काम भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा बताएका छन् । 

अनुसन्धानको नाममा वैध व्यापारलाई हतोत्साहित पार्ने काम भएको भन्दै संघले असन्तुष्टि जाहेर गर्दै आएको छ । मूल्यअभिवृद्धि कर (भ्याट) बीलका आधारमा भीसीटीएस गरिएको मालसमानसमेत समातेर १५/१५ दिनसम्म अनुसन्धानको नाममा रोकेर राख्दा ढुवानी व्यावसायीले नोक्सानी व्यहोर्नु परेको दाबी व्यावसायीहरूको छ । 

‘सामानधनीले आफ्नो कागजात र प्रक्रिया सबै दुरुस्त रहेको भन्दै डिटेन्सन दिन मान्दैनन् । हामीले दैनिक ३ हजार रुपैयाँको दरले नोक्सानी व्यहोर्नु परेको छ,’ पोखरेले बताए । 

व्यावसायीले यसअघि पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएर ४ दिनभित्र आफ्ना माग सम्बोधन गर्न माग गरेका थिए । सोमबार ४ दिने समयसीमा सकिएसँगै व्यावसायी सिडिओलाई साँचो बुझाउने निर्णयमा पुगेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)