काठमाडौं । नबिल बैंकले नबिल एसएसई अन्तर्गत ‘नबिल सामाजिक उद्यमशीलता’ फेलोसिप कार्यक्रमको तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत ‘स्कूल अफ म्यानेजमेन्ट’सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।
कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्ष माथिका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । आवेदनका लागि कार्यक्रमको फेसबुक पेजमा रहेकोे लिंकमा गई गुगल फारम भर्न सकिने बैंकले जानकारी दिएको छ । आवेदन बैंकको वेबसाइटमा गई नबिल एसएसईको पेजबाट पनि दिन सकिने बताइएको छ । बैंकले आवेदनको अन्तिम दिन भदौ ३ गते तोकेको छ ।