ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

२०८० साउन, ८  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औं संस्करण गत मंगलवार सम्पन्न गरेको छ । कार्यरत सम्पूर्ण कर्मचारीका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक तीन महीनामा कार्यक्रमको आयोजना गर्दै आएको कम्पनीले बताएको छ । टाउन हल सभा सबै कर्मचारीका लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउने र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर रहेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीले गरेको प्रगति, सफलता, भावी कार्ययोजना तथा प्राथमिकताका बारेमा अद्यावधिक हुने प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)