काठमाडौं । नेपाल एसबिआई बैंक, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट सम्मानित भएको छ । आईक्यानले वार्षिक रूपमा प्रदान गर्नेे ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२’ बाट बैंक सम्मानित भएको हो । बैंकले बैंकिङ क्षेत्रतर्फको ‘ब्रोन्ज अवार्ड’ प्राप्त गरेको बताइएको छ । बैंकिङ क्षेत्रमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले उक्त अवार्ड प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट सेवा प्रदान गर्दै आएको छ ।