ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंकलाई ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्ड

२०८० साउन, १०  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं  । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रतर्फको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा ‘गोल्ड अवार्ड’बाट बैंकलाई सम्मान गरेको हो । सिद्धार्थ बैंक गतवर्ष पनि ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ बाट सम्मानित भएको थियो ।

गत शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न उत्साह मिलेको बताइएको छ । बैंकको वित्तीय प्रतिवेदन साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा)ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत छनोट भएको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)