काठमाडौं । सानिमा बैंक र स्वीस कन्ट्याक्टअन्तर्गतको नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज–टुले सहकार्य गर्ने भएका छन् । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रूपमा वित्तीय पहुँच पुर् याउने उद्देश्यले सहकार्य गरिएको बैंकका निक्षेप प्रमुख हेमराज सञ्यालले जानकारी दिए । सहकार्यअन्तर्गत कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीको वित्तीय आवश्यकता पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाइने बताइएको छ । यस सहकार्यअनुसार कृषि कर्जाको प्रक्रिया प्रविधीकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमको सञ्चालन गरिने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बताए । यस सहकार्यले बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ छ ।