काठमाडौं । बोटलर्स नेपाल ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२२’ बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले उत्पादनमूलक क्षेत्रतर्फ ‘गोल्ड अवार्ड’बाट कम्पनीलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमा प्रस्तुत गरिएका विशिष्ट प्रस्तुति, जवाफदेहिता र पारदर्शिताका लागि उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
बोटलर्स नेपाल (तराई) लिमिटेडलाई सोही सम्मानमा आईक्यानद्वारा ‘मेरिट अवार्ड’ प्रदान गरिएको छ । उक्त अवार्ड अर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनीका वित्तीय नियन्त्रक अशोक मण्डललाई प्रदान गरेका थिए । बोटलर्स नेपाल आफ्ना वितरक, ग्राहक, शेयरधनी र सरोकारवालाप्रति उत्तरदायी एवं पारदर्शी रहेको बताइएको छ ।