काठमाडौं । ज्योति विकास बैंकले १५औं वार्षिकोत्सवको अवसरमा नि:शुल्क र छूट सहितको ‘सुपर स्मार्ट सेभिङ्स’ बचत योजना ल्याएको छ । न्यूनतम मौज्दात रू. १५ मा १५ महीनासम्म १५ सुविधा नि:शुल्क तथा छूट सहितको निक्षेप योजना बैंकले सार्वजनिक गरेको हो ।
ग्राहकलाई अधिकतम लाभ दिनुका साथै आर्थिक रूपले समृद्ध बनाउने उद्देश्यले यो योजना ल्याएको बताइएको छ । यस खाताले ग्राहकलाई बचतसँगै आइपीओमा लगानीको शुरुआत गर्न सहज बनाउने बैंकको अपेक्षा छ । हाल बजारमा उपलब्ध बचत खातामा पाइनेभन्दा यस बचत खातामा ग्राहकले दोब्बर सुविधा पाउने दाबी गरिएको छ । यसअन्तर्गत ब्याजदर, एटीएम, डेबिट कार्ड, ब्याज भुक्तानी, डिम्याट खाता, सि–आस्बा, मेरो शेयर, मुद्दती खाता, डलर कार्ड, लकर सुविधा, मुद्रा विनिमय लगायतमा विभिन्न सुविधा दिइने बैंकले बताएको छ ।