रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित सिमरा भवानीपुरमा रहेको एनआईसी एशिया बंैकको शाखाले एटीएम सेवा सञ्चालनमा ल्याएको छ । एटीएम सेवा उपलब्ध गराउन ग्राहकले गर्दै आएको आग्रह बमोजिम सेवा शुरू गरिएको शाखाका सर्भिस म्यानेजर राजकुमार तिमल्सिनाले बताए । बैंकको मुख्य उद्देश्य ग्राहकको बैंकिङ आवश्यकता पूरा गर्नु रहेको उनको भनाइ छ । बैंकले आधुनिक प्रविधिमार्फत छिटो छरितो तथा विश्वसनीय सेवा प्रदान गराउने लक्ष्य राखेको उनले जानकारी दिए ।