ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा दुगड

२०८० साउन, १६  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चामल तेल–दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । काठमाडौंमा सम्पन्न संघको ४४औं वार्षिक साधारणसभाले दुईवर्षे कार्यकालका लागि दुगडको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उनी यसअघिको कार्यकालमा संघको अध्यक्ष भई नेतृत्व गरिसकेका छन् । संस्थाको निवर्तमान अध्यक्षमा डा. सुबोधकुमार गुप्ता, प्रथम उपाध्यक्षमा राम थापा, द्वितीय उपाध्यक्षमा राहुल अग्रवाल, महासचिवमा दीपककुमार पौडेल, उपमहासचिवमा धीरज गोल्छा, कोषाध्यक्षमा रतनलाल केडिया चुनिएका छन् ।

साधारणसभाले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने माग गरेको छ । त्यस्तै भारतले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन सरकारसँगको समन्वयमा भारत सरकारसँग पहल गर्ने संघले निर्णय गरेको छ । नेपालमा धानको उत्पादन बढाउन सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने पनि संघले जानकारी दिएको छ ।

तयारी दालमा कम्तीमा दुई तहको आयात दर कायम गर्न, मुसुरो दाल निकासीमा दिइँदै आएको अनुदान यथावत् राख्न पहल गर्ने संघले निर्णय गरेको छ । छिमेकी देश भारतले शून्य प्रतिशत महशुलमा गेडागुडी आयात गरी सोही गेडागुडी नेपालमा विक्री गरिरहेको भन्दै संघले यसले मूल्य समायोजनमा समस्या पर्ने गरेकाले तयारी दाल आयात रोक्नुपर्ने संघको माग छ । 

तोरीको तेलमा मूल्य अभिवृद्धि कर हटाउनुपर्ने संघको माग छ । कम गुणस्तरका भारतीय तेल जाँचपास नै नगरी भित्रिरहँदा तराई क्षेत्रको बजारमा भारतीय तेलको वर्चस्व रहेको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)