ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नाडा अटो शो २०२३’ स्टल निर्धारणका लागि ‘लटरी ड्र’

२०८० साउन, १६  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ‘नाडा अटो शो २०२३’ को तयारी अघि बढाएको छ । नाडाले आइतवार स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको जानकारी दिएको छ । शोेमा सहभागी हुने सबै फर्म तथा कम्पनीले समान अवसर प्राप्त गरून् भन्ने उद्देश्यले लटरी ड्रमार्फत स्टलको वितरण गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए । स्टल बुकिङका लागि नाडाले यसअघि सूचना समेत प्रकाशित गरिसकेको बताइएको छ । अटो शोमा विगतमा भन्दा अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिता रहेको उनले बताए । ‘प्रदर्शनीमा यस्तो उल्लेख्य र उत्साहजनक सहभागिताबाट नाडा पनि थप उत्साहित भएको छ,’ उनले भने, ‘गएका तीन वर्ष विभिन्न कारणले शो आयोजना हुन नसकेको अवस्थामा बहुप्रतीक्षित अटो शोमा अटोमोबाइल कम्पनीहरूको आकर्षण बढेको हो ।’ 

प्रदर्शनीमा विद्युतीय सवारीसाधन, विभिन्न ब्राण्ड तथा मोडेलका सवारीसाधन तथा त्यसमा प्रयोग हुने टायर/ट्युब, लुब्रिकेन्ट्स, स्पेयर पार्ट्स, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरण लगायत सामग्री राखिने महासचिव उप्रेतीले जानकारी दिए । कुल ८२ स्टल प्रदर्शनीमा रहने उनको भनाइ छ, जसमध्ये चारपांगे्र सवारीसाधन १७, दुईपांगे्र २३, कमर्सियल सवारीसाधन ६, बैंक तथा वित्तीय संस्था ५, स्पेयर पाटर््स, टायर लुब्रिकेन्ट्स, कम्पोनेन्ट र एसेसरिजका ३१ स्टल रहने बताइएको छ ।

विभिन्न कारण विगतमा सुस्ताएको अटोमोबाइल व्यवसाय केही चलायमान हुने अपेक्षा नाडाको छ । नाडा अटो शोको योे १५औं संस्करण रहेको बताइएको छ । शो भदौ २६ देखि ३१ सम्म काठमाडांैको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा गर्ने नाडाको तयारी छ । सो प्रदर्शनीमा सहभागी हुने अटोमोबाइल कम्पनीले सवारीसाधनको विक्रीमा विभिन्न छूट र सुविधासहितका प्याकेज ल्याउने बताइएको छ । प्रदर्शनी १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसले गर्दै छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)