ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई पेको नारी लक्षित ‘प्रिटी उत्सव’

२०८० साउन, १६  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई पेले साउन महीनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ अफर सार्वजनिक गरेको छ । सो अफर साउन ३२ सम्म चल्ने बताइएको छ । यस अफरका प्रत्येक विजेतालाई ‘प्रिटी क्लिक’को रू. ५ हजारको भौचर प्रदान गरिने कम्पनीको भनाइ छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अवधिमा कम्तीमा एक पटक आइएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ ।

अफर अवधिमा हरेक ५ दिनमा गोला प्रथामार्फत दुईजना विजेता छनोट गरिने बताइएको छ । विजेताको नाम सामाजिक सञ्जालमार्फत घोषणा गरिनेछ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ । यो अफर आइएमई पेका महिला सेवाग्राहीमा मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)