ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ज्योति विकास बैंकको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

२०८० साउन, १६  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग शेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गरेको छ । उक्त सम्झौतामा क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरेका छन् ।

यो नवीकरणले शेयरधनीले प्रभावकारी र विश्वासिलो शेयर रजिष्ट्रार पाउनुका साथै क्यापिटल र बैंकको साझा प्रतिबद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्ने अपेक्षा गरिएको छ । विगतका वर्षदेखि नै शेयरधनी व्यवस्थापन प्रक्रिया सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालासँग निर्बाध सञ्चार सुनिश्चित गर्न दुई संस्थाले सहकार्य गर्दै आएको बताइएको छ ।नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास बढाउँदै क्यापिटलद्वारा प्रदान गरिएका सेवाको गुणस्तर थप पुष्टि गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)