ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइएमई पेमा बैंक खाता लिंक गर्ने सुविधा 

२०८० साउन, १६  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आइएमई पेमा कनेक्ट आइपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्न सकिने भएको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता सुरक्षित तवरले लिंक गर्न सक्ने बताइएको छ । यसका लागि ग्राहकले पेमा रहेको लिंक भाया कनेक्ट आइपीएस छनोट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ । यसरी लिंक भइसकेपछि एपमा रकम लोड गर्न तथा खाताबाट सहज भुक्तानी गर्न सकिने बताइएको छ । ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न यो सेवा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)