ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एफडी मोटर्सका स्कुटर किन्न कुमारी बैंकको कर्जा

२०८० साउन, १७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एफडी मोटर्सका इलेक्ट्रिक स्कुटरको खरीद गर्न कुमारी बैंकले कर्जा दिने भएको छ । कम्पनीका उत्पादनको आधिकारिक विक्रेता ‘ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि’ र कुमारी बैंकबीच मंगलवार यससम्बन्धी सम्झौता भएको हो । सम्झौतामा एफडी मोटर्सका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई बैंकले सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याज दरमा रू. ३ लाखसम्म कर्जा उपलब्ध गराउने उल्लेख छ । बैंकले यसका लागि १२ देखि १८ महीनासम्मको किस्तामा कर्जा उपलब्ध गराउने भएको हो ।

हाल कम्पनीले दुईओटा मोडलका इलेक्ट्रिक स्कुटर विक्री गर्दै आएको छ, जसमा एफ फाइभको मूल्य रू. २ लाख ६१ हजार ९९९ र एफ फाइभ–ए को मूल्य रू. २ लाख ९७ हजार ९९९ रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)