काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई चितवनको भरतपुरस्थित ‘होटल चितवन’ र काठमाडौंको बागबजारस्थित ‘डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टर’ले छूट दिने भएका छन् । यी संस्थाबीच भएको सम्झौतामा बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले होटल चितवनमा २५ प्रतिशत र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ ।