ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार छली भित्त्याइएका सामानबाट करीब ९५ करोड राजस्व 

२०८० साउन, १७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

जनकपुरधाम । मधेश प्रदेश प्रहरीले आर्थिक वर्ष २०७९/८० मा राजस्व छली आयात गरिएका सामानबाट ९४ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । मधेश प्रदेशका आठओटै जिल्लाका सीमा नाकाबाट भन्सार छलेर ल्याइएका सामानबाट उक्त परिमाणमा राजस्व असुल गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार पर्सामा सबैभन्दा बढी ४७ करोड ७८ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै सप्तरीमा ४ करोड ५ लाख ५८ हजार, सिरहामा ३ करोड ६४ लाख ६७ हजार, धनुषामा ७ करोड ८१ लाख ९२ हजार र महोत्तरीमा ७ करोड २ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । प्रहरीले सर्लाहीमा ७ करोड ११ लाख ३० हजार, रौतहटमा ४ करोड ९० लाख ४२ हजार र बाराबाट १२ करोड ६१ लाख २३ हजार राजस्व संकलन गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)