ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर

२०८० साउन, १८  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा सञ्जीव मानन्धर नियुक्त भएका छन् । स्थापनाकालदेखि नै बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका नारायणदास मानन्धरको कार्यकाल सकिएसँगै सञ्चालक समितिको बैठकले बुधवार महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकिङ क्षेत्रमा उनको २३ वर्षभन्दा लामो अनुभव रहेको बताइएको छ । 

तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ सेवा शुरू गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रहेर काम गरेको अनुभव छ । बैंकले अवकाश प्राप्त निवर्तमान प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको बिदाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याएको भन्दै बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रशंसा गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)