काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले छूट दिने भएको छ ।
दुई संस्थाबीच भएको छूटसम्बन्धी सम्झौतामा बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अस्पतालका सेवामा १० प्रतिशतसम्मको आकर्षक छूट पाउने उल्लेख छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । १८८ शाखा, १४७ एटीएम ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाईबाट बैंकले सेवा प्रदान गर्दै आएको छ ।