ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडक र पुलमा बाढीपहिरोबाट ५२ करोडको क्षति

२०८० साउन, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । यो वर्षको मनसुन शुरू भएयता बाढीपहिरोका कारण मुलुकभरका सडक र पुलमा करोडौंको क्षति भएको छ । सडक विभागको प्रारम्भिक अनुमानअनुसार बाढीपहिरोले सडक र पुलमा गरी ५२ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

१९ ओटा राजमार्ग तथा अन्य सडकमा २६ करोड ५६ लाख रुपैयाँ बराबर क्षति भएको छ । पुलतर्फ मात्रै २५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको विभागको भनाइ छ । विभागका अनुसार यो क्षतिको विवरण शनिवारसम्मको हो । मुलुकमा मनसुनका बेला सडक र पुलमा बाढीपहिरोले वर्षेनि अर्बभन्दा बढीको क्षति पुर्‍याउने गरेको छ । बाढीपहिरो र अन्य कारणबाट हालसम्म १५१ स्थानका सडक र पुल अवरुद्ध भएका थिए । त्यसमध्ये शनिवारसम्म ३ स्थानमा यातायात सञ्चालन अवरुद्ध छ भने २५ ओटा सडक एकतर्फी चालू छन् । अवरुद्ध १२३ स्थानमा दुईतर्फी नै यातायात सुचारु भइसकेको विभागले जानकारी दिएको छ । 

असार पहिलो साता बाढीका कारण क्षति पुगेको तमोर कोरिडोर (चतरा–मूलघाट–सभाङखोला सडक योजना) अन्तर्गतको हेवाखोला पुल अझै अवरुद्ध छ । यस्तै प्युठानको गर्जेनी र दोलखाको खावामा पहिरोका कारण अहिले पनि सडक अवरुद्ध रहेको विभागले जानकारी दिएको छ । 

पुलतर्फ कल्भर्ट, काठको पुल, बेली ब्रिज, आरसीसी पुलका लागि राखिएका सहायक संरचना, स्टील पुल तथा अन्य निर्माणाधीन र निर्माण सम्पन्न पुलमा क्षति पुगेको छ । यस्तै पुलको एप्रोच सडकमा पनि क्षति पुगेको विभागले उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)