ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कञ्चनपुर भन्सार कार्यालय डेढ अर्बको आयात, निकासी १ करोड ८० लाखको मात्र

२०८० साउन, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर। कञ्चनपुरस्थित नेपालको पश्चिमी सीमा नाकाबाट गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. १ अर्ब ४७ करोडको सामान आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीको तथ्यांकले यस्तो देखाएको हो । 

भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माले यस नाकाबाट आयातको तुलनामा निर्यात अत्यन्त न्यून रहेको बताए । स्वदेशी उत्पादन न्यून हुँदा निर्यातमा ह्रास भएको उनको भनाइ छ । उनका अनुसार गत आवमा सो भन्सार नाकाबाट रू. १ करोड ८० लाखको सामान मात्र निकासी भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आयात भएका मुख्य वस्तुहरूमा कपडा, तरकारी, घरायसी प्रयोजनका सामग्री, सवारीसाधनका पार्ट्स लगायत रहेका छन् । यस्तै निर्यात हुने प्रमुख वस्तु हस्तकला रहेको छ । सो अवधिमा हस्तकलाका सामग्री मात्रै रू. १ करोड ७२ लाख मूल्य बराबरको निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ ।

सीमा नदी महाकालीमा उच्च क्षमताको मोटरेबल पुल नहुँदा अन्य नाकाको तुलनामा यहाँबाट आयात निर्यात कम हुने गरेको भन्सार कार्यालय प्रमुख विश्वकर्माले बताए । अघिल्लो आव २०७८/७९ मा रू. १ अर्ब ५४ करोडको आयात गरिएकोमा निर्यात रू. ५ करोड ६४ लाख बराबरको थियो ।

यता, मुलुकको समग्र अर्थतन्त्रमा परेको प्रभाव भन्सार राजस्व संकलनमा पनि देखिएको छ । उक्त भन्सार नाकाबाट आयात घटेकाले राजस्व संकलनमा कमी आएको छ । गत आवमा भन्सार कार्यालयले रू. ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड ९ लाख ९६ हजार मात्र असुली भएको छ ।

भन्सार कार्यालय प्रमुख विश्वकर्माका अनुसार आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो । यद्यपि भन्सार विभागको राजस्व संकलनको तुलनामा कञ्चनपुर भन्सार कार्यालयको प्रगति राम्रो भएको दाबी उनले गरे । ‘गत आवमा विभागले ५८ प्रतिशत राजस्व संकलन गरेकोमा भन्सार कार्यालय कञ्चनपुरले ७१ प्रतिशत राजस्व संकलन गरेको छ,’ उनले भने । उक्त कार्यालयले अघिल्लो आवमा रू. ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य पाएकोमा ४६ करोड २२ लाख संकलन गरेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)