ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीन नयाँ ब्रोकर कम्पनीलाई नेप्सेको सदस्यता

२०८० साउन, २२  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आवेदन दिएका सबै नयाँ ब्रोकर कम्पनीलाई सदस्यता दिएको छ । नेप्सेले तीन चरणमा गरी १७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको हो । 

नेप्सेले असार २१ र साउन १२ गते ७/७ ब्रोकर कम्पनीलाई सदस्यता दिएको थियो । तेस्रो चरणमा तीन ब्रोकर कम्पनी– मेगा स्टक मार्केट लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड र नबिल सेक्युरिटिज लिमिटेडलाई साउन १९ गते सदस्यता दिएको नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिए । 

उनका अनुसार मेगा स्टक मार्केटलाई ७५, माछापुच्छ्रेलाई ७६ र नबिललाई ७७ नम्बरको सदस्यता दिइएको छ । यिनले साउन १२ गते सदस्यता पाएका सात कम्पनीसँगै नेप्सेमा आवेदन दिएका थिए । आवश्यक कागजात नपुगेकाले ऊबेला यी कम्पनीले सदस्यता नपाएको नेप्सेको भनाइ छ । सँगै आवेदन दिएका सात कम्पनीले सदस्यता पाएको १ सातापछि यी तीन कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरी प्राप्त गरेको दाहालले जानकारी दिए ।

मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ । माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सीमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले तेस्रो तहको धितोपत्र व्यापारीको काम गर्नेछ । नबिल सेक्युरिटिज १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी भएको स्टक डिलरको सेवा प्रदान गर्ने ब्रोकर हो । मेगा ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको शेयर खरीदविक्री गर्नेसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकर कम्पनी हो । माछापुच्छ्रे  सेक्युरिटिज भने २३ करोड रुपैयाँ चुक्तापूँजी भएको सीमित कार्य गर्ने ब्रोकर कम्पनी हो ।

नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । 

नेपाल धितोपत्र बोर्डबाट ब्रोकर लाइसेन्स पाएका कम्पनीले धितोपत्रको दोस्रो बजार सञ्चालकको समेत सदस्यता लिनुपर्ने व्यवस्थाबमोजिम १७ कम्पनीले नेप्सेको सदस्यता लिएका हुन् । नेपाल धितोपत्र बोर्डबाट हालसम्म २९ कम्पनीले ब्रोकर लाइसेन्स पाएका छन् । बोर्डले पहिलो चरणमा सात, दोस्रो चरणमा ११ र तेस्रो चरणमा ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । बोर्डबाट दोस्रो चरणसम्म लाइसेन्स पाएका १८ मध्ये एक कम्पनी केबिएल सेक्युरिटिज लिमिटेड पुरानो ब्रोकर कम्पनीसँग मर्जर प्रक्रियामा जान चाहेकाले नेप्सेमा सदस्यताका लागि आवेदन दिएको छैन् । बोर्डबाट तेस्रो चरणमा लाइसेन्स पाएका कम्पनीहरूले समेत नेप्सेको सदस्यता लिनुपर्नेछ । बोर्डले साउन ४ गते थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको थियो । ती कम्पनीले नेप्सेको सदस्यताका आवेदन दिएको जानकारी आएको छैन । 

बोर्डले पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । धितोपत्र बोर्डले पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरका लागि ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले एक धितोपत्र व्यापारी, एक पूर्ण कार्य गर्ने धितोपत्र दलाल र २७ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स दिएको छ । 

नेप्सेको सदस्यता लिएका ब्रोकर कम्पनीले प्राविधिक व्यवस्थापन मिलाउनुपर्ने हुन्छ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले नेप्सेसँग सम्झौता पनि गर्नुपर्छ । त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र दिन्छ । नेप्सेको सदस्यता पाएका कम्पनीले सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)