ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर बनाउने वाल प्यानल र रुफ प्यानल भारत निर्यात हुन थाल्यो

पहिलोपटक चितवनको एस वाई प्यानल कम्पनीले भारतको सिक्किममा पठायो

२०८० साउन, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । अधिकांश कच्चा तथा तयारी सामाग्री विभिन्न देशबाट नेपाल आयात भईरहेका बेला चितवनमा स्थापित एस वाई प्यानल कम्पनीले भने आफ्ना सामाग्रीहरु भारत निर्यात गर्न शुरु गरेको छ । चितवनको रत्ननगरस्थित पिठुवामा रहेको उक्त कोरियन कम्पनीले वाल प्यानल र रुफ प्यानल भारतको बजारमा निर्यात गरेको हो ।

केही साता अघि मात्र चितवनमै उत्पादिन हाइलेज (घाँस) चीन निर्यात गरिएको थियो । अहिले फेरि चितवनमै उत्पादित प्री–फ्याब घर बनाउन चाहिने सामग्री भारत निर्यात गरिएको छ ।

उद्योगका निर्देशक  ली ह्याछुनले रिवन काटेर निर्यातको शुभारम्भ गरे । शुभारम्भ पछि बोल्दै उनले हाल भारतको सिक्किममा प्री–फ्याब घर बनाउनका लागि उक्त प्यानल निर्यात गर्न लागिएको बताए । उक्त ठाउँमा सामग्री पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ ।

पहिलो चरणमा १५ लाख बराबरको सामग्री पठाए पनि अन्य सामग्री पठाउने तयारी भइरहेको एसवाई प्यानलका निर्देशक विमलराज गोसाइँले जानकारी दिए । ‘हामीले निकै मेहनतका साथ यी सामग्री भारत निर्यात गर्न सफल भएका छौं, आगामि दिनमा सहजै अन्य सामग्रीहरु पनि निर्यात गर्दै जानेछौं’गोसाइँले भने । उनले शुरुआती चरणमा निर्यातका लागि केही प्रक्रिया पुरा गर्न समस्या भएपनि अब सबै काम सकिएकाले निर्यातलाई प्राथमिकतामा राखिने बताए ।

कोरियन कम्पनीको एसवाई प्यानल विगत ८ वर्षदेखि चितवनको रत्ननगरमा संचालनमा  छ । कम्पनीले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । यी उत्पादन बाट घर बनाउंँदा सस्तो, छिटो छरितो, आकर्षक र भुकम्प प्रतिरोधात्मक हुने कम्पनीको दाबी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)