ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० विकास बैंकको ‘रिटर्न अन इक्विटी’ घट्यो

सबैभन्दा धेरै आरओई गरिमा विकास बैंकको

२०८० भदौ, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं ।  गत आर्थिक वर्ष (आव) मा वाणिज्य बैंकसँगै अधिकांश विकास बैंकको ‘रिटर्न अन इक्विटी (आरओई)’ अर्थात् लगानीमा प्रतिफल अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ विकास बैंकमध्ये १० ओटाको आरओई गतवर्षको तुलनामा घटेको हो । इक्विटीमा प्रतिफल घट्नुलाई बैंक तथा वित्तीय संस्थामा लगानी गरेका शेयरधनीको प्रतिफल घटेको बुझिने विश्लेषकहरू बताउँछन् । 

आरओईले शेयरमा गरिएको लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्यालू इन्भेस्टरहरूले आरओई विश्लेषण गर्छन् । 

कुल सम्पत्तिबाट बाह्य दायित्व (शेयरहोल्डरबाहेकको दाबी) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । कम्पनीले इक्विटीमा प्रतिफल जति लामो समयसम्म राम्रो दिइरहेको छ, लगानीका लागि त्यो त्यत्ति नै राम्रो मान्नुपर्छ । आरओई कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् । आरओई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरूबीच तुलना गर्नुपर्छ । 

सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् भने सोही अनुपातमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ ।

बैंकहरूले कमाएको नाफाको आधारमा शेयरधनीलाई बाढ्ने लाभांश कति पर्छ भन्ने आरओईले फरक पार्छ । गत आवमा अधिकांश विकास बैंकहरूको आरओई अघिल्लो आवकोे तुलनामा घटेको छ । लगानीको सामान्य सिद्धान्तअनुसार आरओई घटेको क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नुपर्ने भए पनि विकास बैंकको शेयरमा भने लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ । 

यसको प्रमुख कारण भनेको भोलुम (चुक्तापूँजी) कम हुनु । पछिल्लो समयको शेयरबजारको ट्रेन्डलाई हेर्दा बजार बढ्दा कम चुक्तापूँजी भएका कम्पनीहरूको शेयर मूल्य अस्वाभाविक रूपमा बढिरहेको हुन्छ । यसको मतलब यस्ता कम्पनीको शेयरमा ट्रेडरहरूले बढी कारोबार गरिरहेका हुन्छन् । यसकारण शेयर मूल्य बढिरहेको हुन्छ । पछिल्लो समय दीर्घकालीन लगानीभन्दा पनि अल्पकालीन रूपमा लगानी गर्नेको सख्या बढी छ । लगानीकर्ताले अल्पकालमै प्रतिफल हात पारेपछि वित्तीय अवस्था र लाभांशमा खासै चासो दिँदैनन् । 

सबैभन्दा बढी आरओई गरिमा विकास बैंकको 

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १६ बैंकमध्ये गत आवमा सबैभन्दा बढी गरिमा विकास बैंकको आरओई १५ दशमलव ७० प्रतिशत रहेको छ । त्यस्तै दोस्रोमा मुक्तिनाथ विकास बैंकको आरओई १४ दशमलव ४५ प्रतिशत रहेको छ । १६ विकास बैंकमध्ये दुई नोक्सानीमा छन् । सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक नोक्सानीमा छन् । त्यस्तै सबैभन्दा कम आरओई सिन्धु विकास बैंकको २ दशमलव १३ प्रतिशत छ । 

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको आरओई २ दशमलव ४३ प्रतिशत छ । १० वर्षअगाडि आव २०६९/७० मा मुक्तिनाथ विकास बैंकको आरओई २५ दशमलव ५९ प्रतिशत रहेकोमा आव २०७९/८० मा १४ दशलमव ४५ प्रतिशतमा झरेको छ । त्यस्तै गरिमा विकास बैंकको आरओई आव २०६९/७० मा १९ दशमलव २४ रहेकोमा गत आव भने १५ दशमलव ७० प्रतिशतमा झरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)