ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय: हर्बल साइन्स पठनपाठनका लागि सम्भाव्यता अध्ययन शुरू

२०८० भदौ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर। कञ्चनपुरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा हर्बल साइन्सको पठनपाठनका लागि सम्भाव्यता अध्ययन शुरू गरिएको छ । विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच भएको द्विपक्षीय समझदारी अनुसार विश्वविद्यालयले कार्यदल गठन गरी सम्भाव्यता अध्ययन शुरू गरेको हो । विश्वविद्यालय र नास्टबीच तीन वर्षअघि हर्बल साइन्स अध्ययनसम्बन्धी समझदारी भएको थियो । सोहीअनुसार विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन प्राडा.भवानी चन्द ठकुरीको संयोजकत्वमा कार्यदल गठन गरी सम्भाव्यता अध्ययन थालिएको छ । कार्यदलले हर्बल साइन्स अध्ययनका लागि काठमाडौं गएर विश्वविद्यालय अनुदान आयोग, नास्ट र अन्य विश्वविद्यालयसँग छलफल गरी सुझाव लिएको छ । यसबाहेक भारतको पतञ्जली विश्वविद्यालय, हरिद्वारका प्रतिनिधिसँग पनि अनलाइनमा छलफल गरेको छ ।

कार्यदलका संयोजक चन्दले हर्बल साइन्स अध्ययनका लागि आधार खोजीका लागि विज्ञ एवं सरोकारवालाहरूसँग छलफल चलाइएको बताए । विश्वविद्यालयले विज्ञान प्रविधि संकाय अन्तर्गत आगामी वर्षदेखि विज्ञान प्रविधि संकायअन्तर्गत अध्ययन गर्ने गरी छलफल थालेको उनको भनाइ छ । चन्द नेतृत्वको कार्यदलमा विश्वविद्यालयका अनुसन्धान निर्देशक र इन्जिनीयरिङ संकायका डीन सदस्य छन् । पतञ्जली विश्वविद्यालयले कार्यदलका सदस्यलाई थप छलफलका लागि हरिद्वार बोलाएको छ । तीन वर्षअघि कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का एमालेका तत्कालीन सांसद डा.दीपकप्रकाश भट्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.अम्मराज जोशीसँग हर्बल साइन्स अध्ययनका लागि पहल गरेका थिए । उनीसँग गरिएको छलफलपछि विश्वविद्यालय र नास्टबीच स्नातक एवं स्नातकोत्तर तहका लागि हर्बल साइन्सका पाठ्क्रम बनाउने सम्झौता भएको थियो । ‘अहिले देशभरका कुनै पनि विश्वविद्यालयमा हर्बल साइन्सको पठनपाठन छैन, यो विश्वविद्यालयका लागि अब नयाँ विषय हुने भयो, जडीबुटीका हिसाबले सुदूरपश्चिम प्रचुर सम्भावना भएको क्षेत्र हो, संकलित जडीबुटी अहिले कच्चा पदार्थको रूपमा मात्र निर्यात भइरहेको छ,’ भट्टले भने, ‘जडीबुटीको अध्ययन अनुसन्धान गरी त्यसलाई औद्योगिकीकरण, आयआर्जन र रोजगारीसँग जोडेर उच्चतम लाभ लिन सकिन्छ ।’ विज्ञान प्रविधि संकाय अन्तर्गत पाठ्यक्रम तयार गरी हर्बल साइन्सका विषय पढाउन सकिने सुझाव आफूले दिएको उनले बताए ।

‘अन्य देशमा पनि हर्बल साइन्सको पठनपाठन थोेरै मात्रामा हुने गरेको छ, अहिले नै हर्बल साइन्सका सबै विषय पढाउन जनशक्ति अभावलगायतका समस्या देखिन सक्छन्, त्यसैले उपयुक्त कोर्स डिजाइन गरी विज्ञान संकायमा राखेर पढाउन सकिन्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)