ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षमा ७६६ % बढ्यो च्याउको उत्पादन, 'आन्तरिक उत्पादनबाट ८० % माग धानिँदै'

२०८० भदौ, १८  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो समय नेपालमा च्याउ खेतीमा आकर्षण बढ्दो छ । कम लगानीमा खेती गर्न सकिने र कम समयमा नै राम्रो मुनाफा कमाउन सकिने भएकाले च्याउ खेतीमा किसानको आकर्षण बढेको हो । 

किसानको आकर्षण बढेसँगै नेपालमा च्याउ उत्पादन गर्ने आधुनिक प्रविधिसमेत भित्रिएको छ । आधुनिक प्रविधि भित्रिएसँगै च्याउको उत्पादनसमेत बढेको किसानहरू बताउँछन् । 

नेपालमा च्याउ खेती हुन थालेको भने ४७ वर्ष भएको छ । सन् १९७७ बाट नेपालमा सेतो च्याउ खेती शुरु भएको पाइन्छ । ओयस्टर च्याउको खेती भने सन् १९८४ मा शुरु भएको थियो । नेपालमा च्याउको अध्ययन तथा अनुसन्धान भने सन् १९७४ मा शुरु भएको थियो । त्यतिबेला नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल (नार्क) का वैज्ञानिकले च्याउको अध्ययन अनुसन्धान शुरु गरेका थिए ।

शुरुआती दिनमा काठमाडौं र भक्तपुरमा मात्रै च्याउ खेती हुने गरेको थियो । अहिले भने यसको खेती मुलुकभर विस्तार भएको छ । 

पछिल्लो १० वर्षमा नेपालमा च्याउ उत्पादन उच्च दरमा बढेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयकाे तथ्यांक अनुसार १० वर्षमा च्याउ उत्पादन ७६६ प्रतिशतले बढेको छ । तथ्यांक अनुसार सन् २०१२/१३ मा १ हजार ६५० मेट्रिक टन ताजा च्याउ उत्पादन भएको थियो । उक्त संख्या सन् २०२१/२२ मा आइपुग्दा १४ हजार ३०० मेट्रिक टन पुगेको छ ।

त्यसैगरी, च्याउको बीउ उत्पादन पनि बढेको छ । सन् २०१२/१३ मा २ लाख ८९ हजार ६२४ बोतल च्याउको बीउ उत्पादन भएको थियो । सन् २०२१/२२ मा च्याउको बीउ उत्पादन १३ लाख ४७ हजार ८३२ बोतल भएको छ । 

१० वर्षमा ताजा च्याउ र च्याउको बीउ उत्पादन 

च्याउ उत्पादन
वर्ष ताजा च्याउ उत्पादन (मेट्रिक टन) च्याउको बीउ उत्पादन (बोतल)
2012/13 1,650 289,624
2013/14 1,900 333,505
2014/15 2,700 425,000
2015/16 9,300 1,488,000
2016/17 10,850 1,545,000
2017/18 10,500 1,540,000
2018/19 11,255 1,588,700
2019/20 12,607 1,599,435
2020/21 13,24 1 1,600,552
2021/22 14,300 1,347,832

स्रोत : कृषि तथा पशुपंक्षी मन्त्रालय ।

च्याउ उत्पादक किसान संघ नेपालका अध्यक्ष सन्तोष कार्की आधुनिक प्रविधि भित्रिएसँगै नेपालमा च्याउको उत्पादन बढेको बताउँछन् । ‘अहिले हाम्रो उत्पादनले ८० प्रतिशत माग धानेको छ । बाँकी भने भारत लगायतको मुलुकहरूबाट आयात हुने गरेको छ,’ ‘उनले भने । 

कार्कीका अनुसार नेपालमा अहिले ३० देखि ३५ हजार किसानले च्याउ खेती गर्ने गरेका छन् । नेपालमा कन्ये, गोब्रे, राजालगायत प्रजातिका च्याउ उत्पादन हुने गरेको छ ।

‘नेपालमा च्याउ खेतीलाई प्रोत्साहन गर्न सरकारले उत्पादनमा आधारित अनुदान दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यसका साथै सरकारले आधुनिक प्रविधि भित्र्याउन सहयोग गर्नुपर्छ । नेपालमा नै थुप्रै खानयोग्य प्रजातिका च्याउ पाउने भएकाले सरकारले च्याउको अनुसन्धान पनि अघि बढाउनु पर्छ ।’ 

सरकारले च्याउ खेतीलाई प्रोत्साहन गर्ने हो भने नेपाल च्याउमा आत्मनिर्भर भई यहाँबाट निर्यात पनि हुनसक्ने उनको भनाइ छ । ‘त्यसका लागि सरकारले आवश्यक पहल गर्नु पर्छ,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)