ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सीमावर्ती क्षेत्रमा १९ भन्सार थप्दै भारत

२०८० असोज, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । भारतले नेपालसँगको सीमावर्ती क्षेत्रमा १९ ओटा ल्यान्ड कस्टम स्टेशन (भन्सार कार्यालय) स्थापना गर्ने भएको छ । नेपालसँगको द्विपक्षीय व्यापार अभिवृद्धि र सुधारका लागि भारतले थप भन्सार बनाउन लागेको हो । 

तीमध्ये १० ओटा विहार राज्यमा स्थापना गर्ने भएको छ । नेपालको कोशी, मधेश प्रदेशसहित भौगोलिक र भौतिक रूपमा व्यापारको बढी सम्भावना भएका क्षेत्रको सिमाना भारतको विहार राज्यसँग जोडिएको छ । 

द्विपक्षीय व्यापार सहजीकरणका लागि पारवहन र अध्यागमनसहितका भन्सार स्थापना गर्न लागिएको भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै भारतबाट प्रकाशित हुने द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । 

भारतको केन्द्रीय सरकारले नेपाल–भारत सिमानामा १९ ओटा यस्ता भन्सार स्थापनाको प्रक्रिया अघि बढाएकोमा तीमध्ये १० ओटा विहारमा स्थापना गरिने शाहले बताएको समाचार द इकोनोमिक टाइम्सको अनलाइन संस्करणले प्रकाशित गरेको छ । 

विहार राज्यका जयनगर, बैरगनिया, गलगलिया, भीमनगर, कुनौली, वाल्मिकीनगरलगायत स्थानमा भन्सार स्थापना गर्न लागेको हो । छिमेकी देशसँग व्यापारिक र मैत्री सम्बन्धलाई थप सुदृढ बनाउन भन्सार कार्यालय स्थापना प्रभावकारी हुने दाबी भारतीय पक्षको छ । 

भारतले नेपालसँगको व्यापार सुदृढीकरणका लागि समन्वय, सहयोग र सहकार्यको सिद्धान्तलाई अघि बढाएको पनि भारतीय गृहमन्त्रीले उल्लेख गरेका छन् । उनले यसै हप्ता विहारस्थित अररिया जिल्लामा एउटा भन्सारको आवासीय भवन उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए । उनले भन्सार कार्यालय स्थापनाले खुला सिमानाको दुरुपयोग र अनधिकृत व्यापारजस्ता समस्या नियन्त्रण हुने बताए । भारतले द्विपक्षीय व्यापार प्रवर्द्धन, सिमानामा पूर्वाधार र पारवहन विस्तार र जनस्तरको सम्बन्ध विकासका काम गरिरहेको दाबी पनि गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)