ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तयारी पोशाकको निर्यातमा ठूलो फड्को मार्न सकिन्छ

२०८० असोज, १६  
समाचार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपालबाट प्रत्येक वर्ष अर्बौ रूपैयाँको तयारी पोशाक निर्यात हुँदै आएको छ । तर उक्त निर्यात अन्य मुलुकको तुलनामा कम भएको व्यवसायहरुको गुनासो छ । व्यवसायीहरु सरकारले प्रोत्साहन गर्ने हो भने तयारी पोशाकमा ठूलो फड्को मार्न सकिने व्यवसायीहरुको दाबी रहेको छ ।   
भन्सार विभागका अनुसार नेपालबाट ५ वर्षको अवधीमा करिब २९ अर्ब रूपैयाँको तयारी पोशाक निर्यात भएको छ । विभागका अनुसार ५ वर्षमा नेपालबाट २८ अर्ब ७७ करोड रूपैयाँ तयारी पोशाक निर्यात भएको हो । 
आर्थिक वर्ष २०७९/८० मा मात्रै ७ अर्ब ५२ करोड रूपैयाँको तयारी पोशाक निर्यात भएको छ । उक्त आवमा नेपालबाट, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स लगायतका दस मुलुकहरुमा ८० प्रतिशत बढी निर्यात भएको छ । आव २०७९/८० मा नेपालबाट अमेरिकामा सार्वधिक पोशाक निर्यात भएको छ । विभागका अनुसार यस आवमा अमेरिकामा मात्रै २२ प्रतिशत अर्थात् १ अर्ब ७० करोड रूपैयाँको पोशाक निर्यात भएको छ । 
यसैगरि, दोस्रोमा बेलायतमा १४ प्रतिशत १ अर्ब ८ करोड रूपैयाँको र तेस्रोमा जर्मनीमा १२ प्रतिशत अर्थात ९५ करोड रूपैयाँको पोशाक निर्यात भएको छ ।  
नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे विगतको केही वर्षहरुमा नेपालबाट तयारी पोशाकहरुको निर्यात बढेपनि यस क्षेत्रमा ठूलो सम्भावना भएको बताउछन् । पाण्डेका अनुसार सरकारले यस क्षेत्रका उद्योगलाई प्रोत्साहन गर्ने हो भने निर्यातमा ठूलो फड्को मार्न सकिन्छ र अर्बौ रूपैयाँ भित्राउन सकिन्छ । 
पाण्डेका अनुसार यस क्षेत्रमा करिब १०० ओटा उद्योगहरु छन् । यी  उद्योगहरुमा १५ देखि २० हजारले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था छ । यस क्षेत्रका उद्योगहरुलाई सरकारले प्रोत्साहन गर्नु पर्ने पाण्डेको भनाइ छ । 
‘नेपाल र बंग्लादेशमा करिब एउटै समयमा तयारी पोशाक उद्योग शुरु भएको थियो । अहिले बंग्लादेशले नेपालको भन्दा झण्डै ६२ गुणा बढी उत्पादन निर्यात गर्ने गरेको छ’ पाण्डे भन्छन, ‘बंग्लादेशको सरकारले यस उद्योगलाई प्रोत्साहन गरेसँगै त्यहाको उद्योगहरुले हामी भन्दा धेरै फड्को मारीसकेको अवस्था छ । बंग्लादेशले शुरुमा नै तयारी पोशाक निर्यातमा २६/२७ प्रतिशत भन्सार छुट दिएको थियो । तर हाम्रो सरकारले त्यसबेला चासो नदिँदा हामी पछि परिरहेको अवस्था छ ।’ 
नेपालको उद्योगहरुलाई प्रोत्साहन गर्न भन्सारमा छुट दिने, यस क्षेत्रलाई लक्षित गरेर अन्तराष्ट्रियस्थरका कार्यक्रमहरु आयोजना गर्नुका साथै विदेशी सरकार र नियोगहरुसँग सरकारी स्थरबाट नै उद्योगीहरुको उपस्थितीमा वृहत छलफल गर्नुपर्ने पाण्डे बताउँछन् । 

पाँत वर्षमा तयारी पोशाक निर्यातको अवस्था

आर्थिक वर्ष मूल्य रू हजारमा आर्थिक वर्ष २०७९/८० मा भएको निर्यातमा शेयर हिस्सा
 2075/76   2076/77   2077/78   2078/79   2079/80
अमेरिका    1,127,692       910,936      1,214,590      1,659,136    1,700,150               22.61
बेलायत    1,157,146       816,805       945,869      1,170,131   1,089,941              14.49
जर्मनी      766,902       674,546        660,493       798,752      951,097               12.65
फ्रान्स     342,848       300,241        230,347       329,160      478,143                 6.36
जापान      270,660       243,263         181,616      209,747     424,298                5.64
नेदरल्यान्ड्स       58,117         67,310        111,422       205,536      401,188                 5.33
इटली      267,001      200,694        206,746       320,734      285,785                3.80
अस्ट्रेलिया     214,202       127,128        185,803       185,328      261,049                3.47
क्यानेडा      217,193       137,070       128,094       149,129     228,084                 3.03
भारत     170,408        167,333          86,763       153,867       227,310                 3.02
अन्य   1,014,049       711,645       845,680    1,308,709    1,473,477               19.59
कुल 5,606,218   4,356,970   4,797,423  6,490,229  7,520,521             100.00

स्रोत : भन्सार विभाग

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)