ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी प्रदेश सरकार फेरि ढल्यो

२०८० असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा ३०औं दिनमै उनले राजीनामा दिएका हुन् । दोस्रोपटक मुख्यमन्त्री बनेका कार्कीको राजीनामापछि अब कोशी प्रदेशको ८औं मुख्यमन्त्री को हुने भन्ने चर्चा शुरू भएको छ । स्पष्ट बहुमत नभएको कारण ६ वर्षमा कोशी प्रदेशले ५ मुख्यमन्त्री पाइसकेको छ । दोहोर्‍याउने मुख्यमन्त्री समेतको गणना गर्दा अब नियुक्त हुने मुख्यमन्त्री आठौं नम्बरका हुनेछन् । कोशी प्रदेशको पहिलो मुख्यमन्त्री शेरधन राई थिए । त्यसपछि भीम आचार्य र राजेन्द्र राई मुख्यमन्त्री भए । हिक्मत कार्की र उद्धव थापा दुई–दुईपटक मुख्यमन्त्री बने । यसरी हेर्दा ६ वर्षमा पाँच जना मुख्यमन्त्री बने । दुई जना दुईपटक मुख्यमन्त्री भए । अब कोशी प्रदेश आठौं मुख्यमन्त्रीको प्रतीक्षामा छ । 

प्रदेश सभालाई सम्बोधन गरेर एमाले संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पेश गरेका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिवारसम्म प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, एमालेका ३९ सदस्य मात्र रहेको र अन्य दलले विश्वासको मत दिने नदेखेपछि कार्कीले विश्वासको मतको प्रक्रियामै प्रवेश नगरी राजीनामा दिए । राजीनामा पत्रमा भने कार्कीले प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत् सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सांस्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको उल्लेख गरेका छन् । कार्की पछिल्लोपटक सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्री नियुक्त भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)