ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीयलाई शेयर किन शत प्रतिशत विक्री हुँदैन

२०८० असोज, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय स्थानीय बासिन्दालाई छुट्याइएको शेयर शत प्रतिशत विक्री हुन छाडेको छ । चिरख्वा हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेड, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड र माण्डु हाइड्रोपावरले स्थानीयलाई निष्कासन गरेको आईपीओ सम्पूर्ण कित्ता विक्री भएको छैन ।

सोनापुर मिनरल्स्ले स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओमा जम्मा १ लाख ३४ हजार ५२० कित्तामात्रै विक्री भयो । यस आधारमा यस कम्पनीले विक्री नभएको १४ लाख ३ हजार ५ कित्ता शेयर थप गरी सर्वसाधारणमा निष्कासन गरेको हो ।कतिपय ठाउँमा शेयर बजारको बारेमा जनचेतना कम भएको कारण पनि सम्पूर्ण विक्री नभएको हो  । प्रिमियमको आईपीओ महँगो हुने भएकाले पनि स्थानीयले नभरेका हुन् ।

त्यस्तै असोज २३ गतेबाट सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको चिरख्वा हाइड्रोपावर कम्पनीले स्थानीयलाई ४ लाख कित्ता निष्कासन गरेकोमा १ लाख ९५ हजार ३ सय कित्ता विक्री भएको छैन ।

सबै कम्पनीहरूको हकमा त्यस्तो नभएको एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी बताउँछन् । हामीले बाँडफाँट गरेको मिड सोलुको हकमा माग भन्दा बढी आवेदन परेको थियो । कतिपय ठाउँमा शेयर बजारको बारेमा जनचेतना कम भएको कारण पनि सम्पूर्ण विक्री नभएको हो  ।

प्रिमियमको आईपीओ महँगो हुने भएकाले पनि स्थानीयले नभरेका हुन् । त्यस्तै लगानीकर्ता छोटेलाल रौनियारका अनुसार स्थानीयहरूलाई कम्पनीप्रति विश्वास नलागेको कारण पनि शत प्रतिशत विक्री नभएको देखिएको हो । स्थानीयले नभर्ने अर्काे कारण शेयर शिक्षाको अभावले पनि हो । 

लगानीकर्ता राधा पोखरेलका अनुसार पछिल्लो समय बजारको घट्दो  अवस्था, आईपीओको मूल्य नजिकै दोस्रो बजारमा शेयर मूल्य र स्थानीय बासिन्दाहरूलाई शेयर शिक्षाको अभावले गर्दा पनि शत प्रतिशत विक्री नभएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)