ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चितवन राष्ट्रिय निकुञ्ज : दशैं अवधिमा करीब २ करोड आम्दानी

२०८० कात्तिक, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन। चितवन राष्ट्रिय निकुञ्जले दशैंको अवधिमा पर्यटक प्रवेश शुल्कबापत १ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म (१४ दिनको अवधि)मा निकुञ्जले उक्त परिमाणमा राजस्व संकलन गरेको हो । सो अवधिमा चितवन आएकामध्ये २० हजारभन्दा बढी पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । स्वदेशी पर्यटकबाट निकुञ्जले १९ लाख ८४ हजार, तेस्रो मुलुक (सार्क राष्ट्र बाहेक)का पर्यटकबाट १ करोड २० लाख ९६ हजार, सार्क मुलुकका पर्यटकबाट ७ लाख ७९ हजार र जीप सफारीबाट ३६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

सो अवधिमा मुख्य प्रवेशस्थल सौराहाबाट १२ हजार ५५८ स्वदेशी पर्यटक, चार हजार ५४३ विदेशी पर्यटक (सार्क मुलुकका बाहेक) र सार्क मुलुकका ५६३ पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । कसराबाट ३०८ जना स्वदेशी पर्यटक, ७६६ जना विदेशी पर्यटक (सार्क मुलुकका बाहेक) र सार्क मुलुकका १०४ जना पर्यटकले पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् ।

यसैगरी मेघौलीबाट २७७ जना स्वदेशी पर्यटक, ५०५ जना विदेशी पर्यटक (सार्क मुलुकका बाहेक) र सार्क मुलुकका १०९ जना पर्यटकले जिप सफारीका लागि टिकट काटेर निकुञ्ज प्रवेश गरेका छन् । सौराहालाई प्रमुख गन्तव्य बनाएर चितवन आएका कुल पर्यटकमध्ये करीब ४० प्रतिशतले निकुञ्ज अवलोकन गर्ने गरेको तथ्यांक सार्वजनिक हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)