ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहार नजिकिएसँगै बढ्यो सुन्तलाको व्यापार, कालीमाटीमा एकै दिन भित्रियो १५ हजार केजी सुन्तला

२०८० कात्तिक, २२  
बजार उपभोक्ता
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । तिहार नजिकिएसँगै बजारमा सुन्तलाको व्यापार बढेको छ । कालीमाटी फलफूल तरकारी बजार विकास समितिका अनुसार सुन्तलाको आगमन ६८६ प्रतिशतले बढेको छ । सोमवार दुई हजार किलोग्राम सुन्तला बजार भित्रिएको थियो भने मंगलवार १५ हजार ७२५ किलोग्राम सुन्तला कालीमाटी बजार भित्रिएको समितिले जानकारी दिएको छ ।

सुन्तलाको आगमनसँगै मूल्य पनि बढेको छ । अघिल्लो दिन नेपाली सुन्तला ८६ रुपैयाँ प्रतिकिलो रहेकोमा आज ११ प्रतिशतले बढेर ९६ रुपैयाँ प्रतिकिलो पुगेको छ । त्यसैगरी, भारतीय सुन्तला पनि ७ प्रतिशतले बढेको छ । मंगलवार भारतीय सुन्तला १०५ रुपैयाँ प्रतिकिलो विक्री भएको थियो भने बुधवार ११३ रुपैयाँ प्रतिकिलो विक्री भइरहेको समितिले जनाएको छ ।

कुन फलफूलको मूल्य कति ?

कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
स्याउ(झोले) के.जी. रू २००.०० रू २५०.०० रू २२५.००
स्याउ(फूजी) के जी रू ३२०.०० रू ३५०.०० रू ३३५.००
केरा दर्जन रू १७०.०० रू १८०.०० रू १७५.००
अनार के.जी. रू ४००.०० रू ५००.०० रू ४५०.००
अंगुर(कालो) केजी रू ४००.०० रू ४२०.०० रू ४१०.००
सुन्तला(नेपाली) के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७
सुन्तला(भारतीय) केजी रू १००.०० रू १२०.०० रू ११३.३३
तरबुजा(हरियो) के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७
मौसम के.जी. रू १२०.०० रू १५०.०० रू १३५.००
जुनार के.जी. रू २२०.०० रू २५०.०० रू २३५.००
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)