धनवन्तरि जयन्तिका दिन काठमाडौंको यटखास्थित एक घरमा पूजा गर्दै एक आयुर्वेद वैद्य । नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा धन्वन्तरिको पूजा गर्दै पूजारी । जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरि जयन्ति मनाइँदैछ।
आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुद्र मन्थन गर्दा भगवान् धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ। आयुर्वेद चिकित्सासँग सम्बन्धित व्यक्तिले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान