ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असोजको तुलनामा कात्तिकमा आधाभन्दा कम धितोपत्र सूचीकरण

२०८० मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं। गएको असोज र कात्तिकको तुलना गर्दा पछिल्लो महीना अघिल्लोको तुलनामा आधाभन्दा कम धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । 

नेप्सेका अनुसार असोजमाा १२ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को शेयर, बोनस शेयर र ऋणपत्र गरी १५ करोड १३ लाख ७९ हजार ८१५ कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकरण भएको थियो । उक्त महीना ८ कम्पनीको साधारण शेयर, एक कम्पनीको ऋणपत्र र तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको नेप्सेको तथ्यांकले देखाउँछ । 

असोजमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी र रिलायन्स फाइनान्सले बोनस शेयर सूचीकृत गराएका थिए । नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको थियो । नेपाल एसबीआई बैंकले विक्री गरेको ९ प्रतिशत ब्याजदरको नेपाल एसबीआई ऋणपत्र २०८९ सूचीकृत भएको हो । असोजमा आईपीओ सूचीकृत गराउने कम्पनीहरू सन नेपाल लाइफ इन्स्योरेन्स, अपर लोहोरेखोला हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर हुन् । 

कात्तिकमा भने तीन कम्पनीको हकप्रद शेयर र दुई कम्पनीको आईपीओ गरी पाँच कम्पनीको ६ करोड ७० लाख ८७ हजार ९६ दशमलव ७२ कित्ता धितोपत्र सूचीकृत भएको छ । असोजको तुलनामा कात्तिकमा झन्डै ५६ प्रतिशत कम धितोपत्र सूचीकृत भएको हो । 

कात्तिकमा सार्वजनिक बिदा बढी परेकाले धितोपत्र सूचीकरण प्रक्रिया कम भएको अनुमान गरिएको छ । कात्तिकमा नेशनल हाइड्रोपावर, मल्टीपर्पस फाइनान्स र अपि पावरको हकप्रद शेयर सूचीकृत भएको छ भने सोनापुर मिनरल्स एन्ड आयल र माथिल्लो मैलुङखोला हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ । पछिल्लोपटक धितोपत्रको दोस्रो बजार बन्द हुँदा यो बजारमा तथ्यांकीय सूचक नेप्से १ हजार ८५२ विन्दुमा छ । २०७८ भदौ २ गते ३ हजार २०० विन्दुको ऐतिहासिक कीर्तिमान कायम गरेको नेपालको धितोपत्रको दोस्रो बजार पछिल्लो वर्ष भने घटिरहेको छ । लामो समय बजार घट्नुमा कतिपयले नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा तोकेको सीमालाई दोष लगाएका छन् । यसै विषयलाई लिएर चर्को आलोचना भएपछि केन्द्रीय बैंकले गत असोजमा शेयर धितो कर्जामा तोकेको अधिकतम १२ करोड रुपैयाँको सीमा बढाएको छ ।

राष्ट्र बैंकले अहिले व्यक्तिगत लगानीकर्ताको हकमा अधिकतम १५ करोड रुपैयाँ र संस्थागतको हकमा अधिकतम २० करोड रुपैयाँसम्मको सीमा तोकेको छ । शेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै आएका लगानीकर्ता सीमा बढाउँदा पनि खुशी छैनन् । पछिल्लो साताको कारोबारमा भने धितोपत्रको दोस्रो बजार केही सकारात्मक बनेको छ । मङ्सिरका वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । धितोपत्र दोस्रो बजारमा आपूर्ति बढेर बजार प्रभावित बनेको आरोप लागेसँगै नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र सार्वजनिक निष्कासन स्वीकृति प्रक्रियामा केही ढिलाइ गरिरहेको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर मात्र सार्वजनिक निष्कासनको स्वीकृति दिने तयारी बोर्डले गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)