ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

२०८० मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

तनहुँ । जिल्लका तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो ।  व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय तनहुँले कार्यान्वयन गरेको यस सडक योजनाको निर्माणस्थल व्यास नगरपालिका र म्याग्दे गाउँपालिका रहेको छ ।

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर होमनाथ गौतमले राससलाई जानकारी दिए । उक्त मार्गले तीन पालिकाका लाभान्वित हुनेछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)