काठमाडौं । एक महीनामा लोकल काक्रोको मूल्य ७० प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनाअघि लोकल काक्रोको मूल्य प्रतिकिलो ८६ रुपैयाँ थियो । उक्त मूल्य आज ७० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँमा झरेको समितिले जनाएको छ ।
त्यसैगरी हाइब्रिड काक्रोको मूल्य पनि ५८ प्रतिशतले घटेको छ । गत महीना ३० रुपैयाँ प्रतिकिलो विक्री भएको हाइब्रिड काक्रो आज प्रतिकिलो १२ रुपैयाँमा विक्री भएको छ ।
समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार अहिले काक्रोको अफ सिजन भए पनि खपत कम भएकाले मूल्य घटेको हो । ‘जाडो महीना शुरु भइसकेको छ । गर्मीमा भन्दा जाडो महीनामा काक्रोको खपत कम हुन्छ,’ उनले भने, ‘त्यसैगरी अहिले भर्खर चाडपर्व सकियो, चाडपर्वमा घर गएकाहरू फर्किँदै छन् । त्यसले गर्दा पनि खपत घटेसँगै मूल्यमा कमी भएको हो ।’
‘पछिल्लो समय नेपालमा अफ सिजनमा पनि काक्राको उत्पादन भने भइरहेको छ,’ उनले थपे ।