ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी ग्रुपको सुजल डेरीको वार्षिक चक्रवृद्धि दर ११ प्रतिशत

२०८० मंसिर, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लक्ष्मी ग्रुपको लगानी रहेको सुजल डेरी प्राइभेट लिमिटेडको वार्षिक चक्रवृद्धि दर ११ प्रतिशत छ । कम्पनीले ५ वर्षमा नै ७ अर्ब ५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । 

रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार आर्थिक वर्ष सन् २०२३ मा मात्रै कम्पनीले १ अर्ब ८६ करोड रुपैयाँ (अपरिष्कृत) सञ्चालन आम्दानी गरेको छ । सन् २०२२ को तुलनामा कम्पनीको आम्दानी ८ दशमलव ९१ प्रतिशतले बढेको हो । सन् २०२२ मा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले ९३ करोड २६ लाख रुपैयाँ कर्जाको रेटिङ गराएको छ । ईक्राले कम्पनीको दीर्घकालीन कर्जाको लागि एल बी प्लस र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ । 

सन् २००५ मा स्थापित यस कम्पनीले दुधका साथै पनिर, घ्यु, आइसक्रिम लगायतका दुधको परिकारहरूको विक्री वितरण गर्दै आएको छ । सफर र लभ बर्डस ब्रान्डमा दुग्ध उत्पादनहरूको विक्री वितरण गर्दै आएको यस कम्पनीको उद्योग पोखरामा छ । 

सुजल डेरीमा लक्ष्मी ग्रुपको लगानी छ । यस कम्पनीमा गणेशबहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरान्जन श्रेष्ठ, निराकार श्रेष्ठको १८/१८ प्रतिशत र एम/एस सुजल फुड प्राइभेट लिमिटेडको १० प्रतिशत शेयर हिस्सा छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)